पोखरामा राष्ट्रपति र प्रधानमन्त्रिलाई उल्लेख गर्दै अश्लिल शव्द प्रयोग गर्ने व्यक्ति पक्राउ

पोखरा न्यूज । सामाजिक सञ्जाल फेसबुकका राष्ट्रपति र प्रधानमन्त्रिलाई उल्लेख गर्दै अश्लिल शव्द प्रयोग गरेको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अश्लिल शव्द प्रयोग गर्ने पोखरा पुरञ्चौरका दुर्तादत्त बास्तोला पक्राउ परेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा देशकै सर्बोच्च सस्था र उच्च पदमा आसिन व्यक्तिहरुमाथि तुच्छ र अश्लील शव्द प्रयोग गरेको भन्दै पोखराका ३ जनाले दिएको जाहेरीका आधारमा प्रहरीले  बास्तोलालाइ पक्राउ गरेको हो ।

अश्लिल शब्दावलीको प्रयोग गरि सामाजिक संजाल फेसबुकमा बिभिन्न स्टाटस राखेको आरोपमा बास्तोला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । बास्तोलालाई साइबर क्राइम मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका बास्तोलामाथि साइबर ब्यूरो काठमाण्डौले थप अनुसन्धान गरि आवश्यक कारवाही गर्ने एसपी श्रेष्ठले बताए ।

नेपालभरमा भएका साइबर क्राइम सम्वन्धी मुद्दा काठमाण्डौ जिल्ला अदालतले हेर्दै आएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button