पोखरा । गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार बिहान पोखरा महानगरपालिकाका ६ पुरुष र एक महिलासहित गण्डकीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
मादी गाउँपालिकाका थप एक पुरुषसहित कास्कीका ७ पुरुष तथा एक महिला, तनहुँका ३ पुरुष तथा २ महिला, स्याङ्जाका १ पुरुष र लमजुङका ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो ।
निर्देशनालयका अनुसार उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।
प्रदेशमा हालसम्म २ सय १४ जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।