पोखराका थप ७ जनामा कोरोना पुष्टि, गण्डकीमा १७ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार बिहान पोखरा महानगरपालिकाका ६  पुरुष र एक महिलासहित गण्डकीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

मादी गाउँपालिकाका थप  एक पुरुषसहित कास्कीका ७ पुरुष तथा एक महिला,  तनहुँका ३  पुरुष तथा २ महिला, स्याङ्जाका १ पुरुष  र लमजुङका ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको  निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ ।

प्रदेशमा हालसम्म २  सय १४  जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म  २ जनाले ज्यान गुमाएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button