मञ्चद्वारा संघिय र गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरलाई आभार प्रकट

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भुतपुर्व खेलाडी मञ्च नेपालले संघिय र गण्डकी प्रदेश सरकार तथा पोखरा महानगर पालिकालाई आभार प्रकट गरेको छ ।

राज्यका तिन तहका सरकार संघिय, गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजनमा पोखरा म्याराथनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेपछि मञ्चले आभार प्रकट गरेको हो । यो आर्थिक वर्षमा संघिय सरकारले युवा तथा खेलकुद मन्त्रालय मार्फत ५ लाख, गण्डकी प्रदेश सरकारले १० लाख र पोखरा महानगर पालिकाले १० लाख विनियोजन गरेका छन ।

मञ्चले लामो समय देखि देशकै जेठो म्याराथनलाई प्राथमिकतामा राख्न सरकार संग आग्रह गर्दै आएपनि करिव डेढ दशक पछि यो सपना पुरा भएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा म्याराथनलाई प्रदेशकै ‘व्राण्ड’को रुपमा अघि बढाउने घोषणा समेत गरिसकेका छन ।

मञ्चका अध्यक्ष तेज गुरुङले तिन तहका सरकारले देशकै जेठोे तथा गौरवको रुपमा पोखरा म्याराथनको प्रवर्धन र विकासका लागि प्राथमिकतामा राख्नु महत्वपुर्ण रहेको बताएका छन । उनले भनेका छन–“मुलुकको वदिलिदों संरचना अनुसार तिन तहकै सरकारले पोखरा म्याराथनलाई उच्च स्थानमा राख्दै आयोजनाका लागि बजेट विनियोजन गर्नु महत्वपुर्ण हो ।”

पोखरामा हरेक वर्ष पोखरा म्याराथन आयोजना गर्दै आएको मञ्चले यो वर्ष १५ औं पोखरा म्याराथनको तयारीमा जुटिरहेको छ । सन २०२३ सम्म पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय म्याराथन (ए.आई एम.एस)मा सदस्यता पाउने उद्धेश्यका साथ तयारीमा जुटेको उनले बताए । पोखरा म्याराथन मार्फत पोखराको प्रवर्धन संगै धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउनुका साथै नेपाली खेलाडी उत्पादन समेत गर्ने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताएका छन ।

यो वर्ष दशैं र तिहारको विचमा छात्र–छात्राको ५ र खुल्ला तर्फ १० किलोमिटर दौड आयोजना गर्ने तयारी गरिरहेको समेत अध्यक्ष गुरुङले जनाएका छन । उनले भनेका छन–“यो दौडले फागुनमा हुने मुख्य म्याराथन लाई प्रभावकारी बनाउन र दौडने संस्कृतीलाई बढाउन समेत यसले सहयोग पुग्छ ।”

पोखरा शहरलाई लामो समय देखि खेलकुदको शहरको रुपमा चिनाउन भन्दै आयोजना हुँदै आएको पोखरा म्याराथनमा पछिल्लो समय युके, अमेरिका, हङकङ, चिन, जापान लगाएत अन्य देशबाट समेत नेपाली र विदेशी खेलाडीको सहभागिताका लागि आउने क्रम समेत बढ्दै गएको छ ।

स्मरिणय के छ भने गत वर्ष १४ औं पोखरा म्याराथनमा १० औं हजारको सहभागिता रहेको थियो भने जापानी धावक ताका नाशीले उपाधी जितेका थिए ।
फाइल तस्विर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button