पोखराका एकसहित गण्डकीमा २८ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार बिहान पोखरा महानगरपालिकाका ३० बर्षीय पुरुषसहित गण्डकीका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

कास्कीका १  पुरुष , तनहुँका १ महिला, स्याङ्जाका ६ पुरुष तथा २ महिला, गोरखाका २ पुरुष तथा १ महिला  बागलुङका  ३ महिला र नवलपुरका १० पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार कास्की र नवलपुरका संक्रमितलाइ आइसोलेसनमा राखिएको र अन्य जिल्लाका संक्रमितलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

प्रदेशमा हालसम्म २ सय १४ जना संक्रमण मुक्त भएका छन् । गण्डकीमा कोरोनाबाट हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button