तयार भयो ‘फेम’, शुक्रबार रिलिज हुने

पोखरा । सर्ट मुभी ‘फेम’ तयार भएको छ । मुभीको स्टोरी, थिम कन्सेप्ट र निर्देशन विनोद वानियाको हो । यसरी चलचित्रमा काम गरेको आफ्नो पहिलो अनुभव भएको गायन क्षेत्रमा लामो समयदेखि क्रियाशिल समेत रहेका वानियाले बताए । ‘लकडाउनको समयमा सर्ट मुभी बनाउन मन थियो ।

लकडाउनलाईनै लक्षित गरेर बनाएका एउटा कथा पनि थियो, त्यहि कथालाई डेभलप गरेर फेम तयार भयो’ उनले भने । आफु फिल्मको राम्रो दर्शक भएपनि फिल्म सम्बन्धी खासै अनुभव नभएपनि प्रयास गरेको उनले बताए । उनी भन्छन् – ‘म मात्र हैन यसमा काम गर्ने सम्पूर्ण टिम फिल भन्दा बाहिरको साथी हौ । पासमार्क चाहि पक्कै पाउँछौ भन्ने लागेको छ, अरु अनुभवीहरुले बनाइरहेका फिल्म हेदा फेम पनि कम छैन जस्तो लाग्छ अब कस्तो बनेको छ दर्शकको हातमा छोड्दछौ ।’ असार १९ गते शुक्रबार साँझ ७ बजे वानियाकै आफ्नै अफिसियल युट्युब च्यालनबाट रिलिज हुनेछ ।

यो फिल्ममा मुख्य भुमिका सञ्चारकर्मी सञ्जय मल्लले निभाउदै छन् । लामो समयदेखि पोखरामा सञ्चार क्षेत्रमा क्रियाशिल उनीसँग पोखराबाट निर्माण भएका फिल्म मार्केट, मिसन भाइरस सहित म्युजिक भिडियोमा समेत काम गरेको अनुभव उनीसँग छ ।  सामाजिक विष्यावस्तुमा सचेतना जगाउने खालको फिल्म फेम भएको मल्लले बताए । ‘आम मानिस मात्र नभएर सेलिब्रेटीका सुसाइडका घटना भइरहेका छन्, सुसाइडनै समस्याको समाधान हैन भन्ने सन्देश फिल्मले दिनेछ’ मल्लले भने ।

सञ्जयका अलावा फिल्ममा आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठ सहित विनोद वानीयाको समेत अभिनय हेर्न पाइन्छ । फिल्मको छायाकंन ग्रैहापाटनको आसपासमा भएको हो ।

सविन गायकको छायाकंन तथा सम्पादन, पाश्र्व संगीतमा राजेश क्षेत्रीले सहयोग गरेका छन् । सञ्जय शाक्य र उत्तम पौडेलको समेत फिल्म तयार हुन सहयोग रहेको छ । जीवनमा विभिन्न समस्या आउनसक्छन्, समसयका कारण हार खान हुदैन सर्घष गर्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देश फिल्मले बोकेको छ । ‘यो कामको लागि नयाँ हौँ, प्रयास गरेका छौ’ कलाकार आयुष श्रेष्ठले भने ।

लकडाउनको समयमा केहि न केहि गरिराखौ भन्ने सोचका साथ फिल्म तयार भएको हो । सामाजिक समस्याको रुपमा बढेको आत्महत्याका घटनामा केहि मात्रामा भएपनि कमी ल्याउने अपेक्षाका साथ फिल्म तयार भएको निर्माण पक्षको दावी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button