एन्फा छानविन समितीले भन्यो–’बोलाएको बेला उपस्थित हुनुहोला’

पोखरा । अखिल नेपाल फुटबल संघ कास्कीमा भएको अनियमितता बारे छानविन समितीले निश्पक्ष छानविनका लागि सहयोग मागेको छ ।

छानविनका लागि आज एन्फा कास्की संग भएको बैठकमा छानविन समितीका संयोजक एवम एन्फा उपाध्यक्ष वीर बहादुर खडकाले यस्तो सहयोग मागेका हुन । बैठकमा सहभागी एक सदस्यले खडकालाई उद्दृत गर्दै भने–“हामी जे हो त्यसको वास्तविकता सम्म पुग्न चाहन्छौ, हामीले वोलाएको वेला आउनुहोला ।”

छानविन समितीका एक सदस्यले भने–“दुई पटकको मनकामना गोल्ड कपको हिसाव सहित बैंकको सवै स्टेटमेन्ट मागेका छौं, त्यस पछि ग्रास रुट र अन्य आर्थिक सम्वन्धका बारेमा समेत छानविन हुन्छ ।” उनले एन्फा कास्कीका निवर्तमान अध्यक्ष धर्म बहादुर लामिछानेलाई समेत उनको कार्यकालमा आयोजना भएको मनकामना कपको छानविन गर्न पत्र काट्ने तयारी भइरहेको बताए ।

छानविन टोलीमा छानविन समितीमा अग्रज फुटबलकर्मी आनन्द रञ्जित र विष्णु प्रसाद पराजुली रहेका छन । पोखराका फुटबल प्रेमीहरुले यसको छानविन उचित ढङ्गबाट हुनुपर्ने बताएका छन । उनीहरुले भनेका छन–“यो दुधको दुधको पानीको पानी होस ।” “फुटबलको उर्वरा भुमी पोखरामा यस्ता गतिविधीहरु तुरुन्तै साम्य हुनुपर्छ”, उनीहरुले भने ।

कास्की जिल्ला प्रशासन कार्यालयले गत फागुनमा एन्फा कास्कीमा भएको अनियमितता बारे १७ वुँदे प्रश्न सहित स्पष्टिकरण सोधेपछि एन्फा केन्द्रले छानविन समिती बनाएको थियो । कोभिड १९ का कारण भएको लकडाउनले छानविन अघि बढ्न सकेको थिएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button