दक्षिण अफ्रिकाले परीक्षण गर्दै एकैसाथ ३ टोली खेल्ने क्रिकेट खेल

काठमाडौं। दक्षिण अफ्रिकाले क्रिकेटको नयाँ फर्म्याटस्वरुप ३ टोली एकैसाथ खेल्ने फर्म्याटको परीक्षण गर्ने भएको छ ।

जुलाई १८ का लागि तय गरिएको क्रिकेट खेलमा ३ टोलीले कुल ३६ ओभरको खेल खेल्नेछन् । नयाँ फर्म्याट अनुसार हरेक टोलीमा ८-८ खेलाडी हुनेछन् भने प्रत्येक टोलीले १२-१२ ओभर ब्याटिङ गर्नेछन् ।

खेलको अन्य नियममा अन्तिम ब्याट्सम्यानले एक्लै ब्याटिङ गर्न पाउनेछ भने रन लिदाँ जोर अङ्कमा मात्रै रन लिन पाउनेछ । यस अघि जुन २७ का लागि खेल तय गरिए पनि कोरोना महामारीका कारण जुलाई १८ अर्थात नेल्सन मन्डेला दिवसका लागि खेलको मिति सारिएको हो ।

खेलमा अफ्रिकी टोलीका खेलाडीहरु एबी डि भिलियर्स, क्विन्टन डिकक र कागिसो रबाडाको नेतृत्वमा ३ टोली प्रतिस्पर्धाका लागि उत्रने जनाइएको छ । खेलले कोरोनाका कारण लामो समय मैदानबाट विश्राम पाएका खेलाडीलाई मैदान उत्रने मौका दिनेका साथै च्यारिटी उठाउन पनि सहयोग पुर्याउने जनाइएको छ ।

खेल प्रिटोरियाको स्पोर्ट्स पार्कमा हुनेछ भने दर्शकहरु खेल हेर्न मैदानमा आउनेछैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button