थर्मल पावर स्टेसनमा विस्फोट हुँदा ६ को मृत्यु

भारत । भारतको तमिलनाडुमा रहेको पावर स्टेसनमा विस्फोट हुँदा ६ को मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे पावर स्टेसन २ को पाँचौं युनिटमा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको हो भने अन्य १७ जना घाइते भएका छन् । घाइते १७ मध्ये ११ को अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाको कारण पुष्टि नभए पनि अत्यधिक तातो र चापका कारण विस्फोटन भएको अनुमान गरिएको छ ।

यस अघि मे ७ मा सोही स्टेसनको युनिट ६ मा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । विगत १८ महिनामा मात्रै उक्त पावर स्टेसनमा ५ विस्फोट भइसकेको छ ।

सो थर्मल पावर स्टेसनका ७ युनिटबाट २ सय १० मेगावाट विध्धुत उत्पादन हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button