भारतमा २४ घण्टामा साढे १८ हजार कोरोना संक्रमित फेला

भारत। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४ सय ९३ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६ सय ५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार १ सय १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५ सय ७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १ सय ६७ जना सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २ सय १ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३ सय ६० जना सङ्क्रमित भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button