पोखराका थप ३ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १ हजार नाघ्यो

पोखरा । बुधबार दिउँसो पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीका १२ सहित बाग्मतीका २ जनामा पनि कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३, लमजुङका ७, तनहुँको १ र नवलपरासीको १ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यसैगरी बाग्लुङका ६८ जना, गोरखाका ३ जना, लमजुङका २ गरि हिजो ७३ जना कोरोनको संक्रमणबाट निको भई घर फर्केका छन् । यसकासाथै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ सय ८७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button