गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका  थप ८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार  बागलुङका १ पुरुष, स्याङ्जाका २ पुरुष , तनहुँका ३ पुरुष  र पर्वतका २ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले  जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ सय ८७ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button