त्रिशुलीमा गाडी खसेको आशंका, सशस्त्रले खोजी गर्दै

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवाखोलाबाट त्रिशुली नदीमा गाडी खसेको आशंकामा सशस्त्रले खोजी कार्य थालेको छ ।

स्थानीयवासीले सेतो र कालो रङको जीप जस्तो गाडी खसेको भनेर जानकारी दिए पछि सशस्त्र प्रहरी बल र नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोरसहितको टोली खोजीकार्य शुरु गरेको हो ।

गाडी सबेरै ६ बजे आसपास खसेको बताइए पनि हालसम्म केही विवरण खुल्न सकेको छैन । गाडी चितवनबाट पुर्व जाँदै गरेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको बारे अन्य स्थानीय तथा ट्राफिक पोष्टहरुमा जानकारी लिने प्रयास भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button