म्यान्मारमा हिलोको पहिरोमा पुरिएर ५० को मृत्यु

पोखरा । म्यान्मारमा एक खानीमा हिलोको पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ ।

म्यान्मारको काचिन प्रान्तमा बिहीबार सबेरै गएको पहिरोमा जेड नामक खनिजको खानीमा रहेका ५० जना कामदारको मृत्यु भएको हो । म्यान्मारको अग्नि नियन्त्रण विभागका अनुसार भारी वर्षाका कारण हिलोको पहिरो खसेको र त्यसैले पहिरोले बगाउँदा जेड खोज्दै गरेका उनीहरुको मृत्यु भएको हो । खोजी र उद्धार कार्य जारी रहँदा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

जेड, टिम्बर, एम्बर, सुन जस्ता बहुमुल्य खनिज र धातुले भरिपुर्ण सो क्षेत्रमा यस्तै डरलाग्दा पहिरो पनि सामान्य मानिन्छ । तर त्यसैको लागि हुने गरेको द्वन्दले निम्त्याएको गरिबीका कारण त्यहाँका मानिस जोखिम मोलेरै त्यस्ता खनिज तथा धातु खोज्न जाने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button