कास्कीमा एक पुरुष मृत फेला

पोखरा । कास्कीमा एक सडक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान बर्दिया मधुवन गाउँपालिका-३ स्थायी घर भएका ४६ वर्षीय लौटन थारु मृत अवस्थामा फेला परेका हुन् । कास्की रुपा गाउँपालिका-६ फालभञ्ज्याङ बस्दै आएका थारु बुधबार राती खाना खाएर सुतेकोमा भोलिपल्ट बिहान उनका साथीले मृत अवस्थामा फेला पारेको जनाइएको छ ।

मृतक सडकमा नाला खन्ने काम गर्दौ आएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button