स्पेनमा लकडाउन हटे पनि रोजगारी बढ्न सकेन

स्पेन। कोरोना भाइरसको महामारी कारण स्पेनमा लगाइएको लकडाउन हटे पनि रोजगारी भने बढ्न नसकेको त्यहाँको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ ।

सरकारी तथ्यांकले देखाए अनुसार महामारीको पिकमा ९ लाख जागिर गुमेका थिए भने ३८ लाख मानिसले बेरोजगारी दर्ता गराएका थिए । जुनमा त्यहाँ बेरोजगारी दर 0.१३ प्रतिशतले बढ्दा मेमा बेरोजगारी दर ०.६८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । लकडाउन हटे पनि पर्यटन क्षेत्र नखुल्नु रोजगारी बढ्न नसकेको एउटा कारण हुनसक्ने जनाइएको छ ।

यही जुन ३० देखि त्यहाँ कोरोना महामारीका कारण गरिएको बिदाको अवधि धेरै जसो कार्यालयमा समाप्त भएको छ । केही विशेष कार्यालयमा भने यस्तो बेतलबी बिदाको समय सेप्टेम्बरसम्म थपिएको छ । जुनमा इआरटिइ भनिने यस्तो बिदाको योजनाबाट करिब १२ लाख जना छुट्टिदैछन् । इआरटीइ योजनामा कर्मचारीले जागीरमा आबद्ध रहे पनि बेरोजगारी सुविधाका लागि आवेदन दिन सक्नेछन् ।
पर्यटनका अलावा शिक्षा र हस्पिटालिटी सेक्टरमा पनि ठूलो संख्यामा रोजगारीहरु कटौती भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button