जिफानले लघु चलचित्र निर्माण गर्ने

पोखरा। गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) ले लघु चलचित्र निर्माण गर्ने भएको छ । कोभिड १९ को महामारिका कारण ठप्प भएको गुरुङ चलचित्र क्षेत्रलाई क्रियाशिल बनाई राख्ने उद्धेश्यले यो काम गर्न लागिएको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले जनाए । यसका लागि विभिन्न व्यक्ति बिशेष तथा संघ संस्था बाट आर्थिक सहयोग जुटाइने उनले बताए ।

गुरुङ समुदायको सभ्यता, सौन्दर्य शास्त्र, मुर्त अमुर्त सँस्कृति, आफ्नै प्रथाजानिक कानून, मुल्य, मान्यता र मनोविज्ञानलाई चित्रण गर्दै विभिन्न तमु(गुरुङ) संघ संस्थाहरुको मर्मलाई लघु चलचित्र मार्फत प्रस्तुत गर्ने यसको उद्धेश्य रहेको अध्यक्ष गुरुङले बताए ।

गुरुङ चलचित्र क्षेत्रका श्रमजिवी चलचित्रकर्मीहरुलाई कोभिढ १९ को कारणले दैनिकीमा परेको समस्यालाई चलचित्र निर्माणको माध्यमबाट सक्रिय गराई सहजीकरण गर्ने तथा यसै क्षेत्रमा निरन्तर क्रियाशिल रहन प्रेरित गर्न सहयोग पु¥याउने आफुहरुको अपेक्षा रहेको जिफानका महासचिव मनोज गुरुङले जनाए ।

२५ वर्ष भित्र बनेका गुरुङ चलचित्रहरुको पुनरावलोकन गर्दै अब बन्ने चलचित्रहरुको शैली तथा कथा लेखन मा रचनात्मक सुधार गरि मौलिकता खोज्ने तथा समुदायमा मात्र सिमित गुरुङ चलचित्रको दायरा फराकिलो पार्न स्वदेश तथा बिदेशमा तमु चलचित्रहरुको महोत्सब गर्ने योजना जिफानले बनाएको महासचिव गुरुङले बताए ।

गुरुङ चलचित्र उद्योगले गत बैशाख २३ गते आफ्नो २५ औ रजत जयन्ती मनाएको थियो । २०५२ सालमा रोधी साँस्कृतिक समुहबाट निर्मित पहिलो गुरुङ चलचित्र पाते बाट २०७७ सालसम्म आईपुग्दा जिफानमा आबद्ध चलचित्र निर्माण गर्ने ब्यानरहरुले १ सय ४४ वटा चलचित्रहरु निर्माण गरिसकेका छन् ।

वि.स २०६५ सालमा पोखरामा गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान) को विधिवत स्थापना भएको थियो । गुरुङ चलचित्र तथा यसको बजारलाई विस्तार गर्न जिफानले सकारात्मक भुमिका खेलिरहेको छ । गुरुङ फिल्म एशोसिएसन नेपालको केन्द्रिय कार्यालय पोखरामा छ । जिफानका शाखा कास्की, लमजुङ, रुपन्देही, स्याङ्गजा, तनहुँ, काठमाण्डौको साथमा हङकङ र जापानमा रहेको छ । शाखा मार्फत पनि जिफानले आफ्ना गतिबिधिलाई बढाउदै गएको छ ।

कोभिड १९ को महामारिका कारण सरकारले गरेको लकडाउनका कारण गुरुङ चलचित्र क्षेत्रपनि नराम्रोसँग प्रभावित भएको छ । यो समयमा गुरुङ चलचित्रको निर्माताको करिब १ करोड ५० लाख रुपैयाँको लगानी फ्रिज भएको जिफानले जनाएको छ ।  यो क्षेत्रमा क्रियाशिल भएका कलाकार,प्राविधिक,निर्देशक,निर्माता गरी करिब ३०० जना गुरुङ चलचित्रकर्मीहरु अहिले बेरोजगार भएका छन् । अझै पनि यो स्थिती सामान्य कहिले हुने भन्नेमा निश्चितता छैन । यहि अवस्थामा गुरुङ चलचित्र क्षेत्रलाई चलायमान गर्न लघु चलचित्र निर्माण गर्न थालिएको जिफानले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button