लोकदोहोरी विकास बोर्ड गठन गर्न माग

पोखरा। राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले लोकदोहोरी बिकास बोर्ड गठन गर्न माग गरेको छ । प्रतिष्ठान गण्डकीले बिहिबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरिएको हो ।

‘बिभिन्न बहानामा मौलिकता बोकेका चाडपर्व, उत्सबका अवसरमा भित्रिएका छाडा तथा भद्दा प्रस्तुतिले हाम्रो मौलिकता माथी कुठाराघात गरिरहेको बिगतका केही बर्ष यताका संगीत बजार सत्य सबुत छ । तिनै तहको सरकारमा लोकदोहोरी बिकास बोर्ड नहुंदा राज्य स्तरबाट यसको सेन्सर हुन सकेको छैन त्यसले गर्दा पटकपटक यस्ता हर्कतहरु दोहोरीदैं आइरहेका छ्न । लोक संस्कृति संरक्षणमा प्रतिबद्ध यस प्रतिष्ठानको यी र यस्ता खाले विकृति प्रती गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विभिन्न पहिचान बोकेका चाडपर्वहरु र सांस्कृतिक विविधताहरु सिंगो राष्ट्रको मौलिक सम्पत्ति भएको त्यसैले यी अवसरहरुको उपयोग गर्दै आफ्नो क्षणिक चर्चा र ब्यापरिक लाभका लागि यस्ता किसिमका अराजक छाडा प्रबृत्ति जन्य प्रस्तुतिहरु प्रस्तुत नगर्न प्रतिष्ठान गण्डककीले लोक दोहोरी कलाकारलाई आग्रह गरेको छ ।

नेपालको सांस्कृतिक बिबिधतालाई जोगाइ राख्नका लागि सरकारको तर्फबाट पनि यथासम्भब छिटो लोकदोहोरी बिकास बोर्ड गठन गरि जिम्मेवारी बहन गर्नका लागि प्रतिष्ठानले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश लोक तथा दोहोरीगीत संग सम्बद्ध कलाकारहरु आबद्ध भएको संस्था हो । स्थापनाकाल देखि नेपाली लोक संस्कृती संरक्षण र प्रर्बधन गर्नुका साथै यस क्षेत्रमा लाग्ने कलाकर्मीहरुको अप्ठ्यारो असजिलोमा अभिभाबकिय भुमिका निर्बाह गर्दै आइरहेको छ ।

लोक संस्कृतिको संरक्षण एबं अग्रजलाई सम्मान तथा नबोदितलाई प्रोत्साहन भन्ने आदर्शलाई अंगिकार गर्दै कृयाशिलसंस्थाले लोक संस्कृतीमा समर्पित श्रष्टाहरु तथा यसको प्रर्बधनमा टेवा पुर्याउने ब्यक्ती वा संस्थालाई सम्मान एबं प्रोत्साहन गर्ने जिम्मेवारीलाई गम्भिरता पुर्बक अपनत्व लिंदै आइरहेको पनि अध्यक्ष गुरुङको भनाई छ । नेपाली महिलाहरुको महान् पर्व तीजलाई लक्षित गरेर गीत रेर्कड हुने, छायाकंन हुने र दर्शकमाझ प्रस्तुत गर्न थालिएको समयमा प्रतिष्ठान गण्डकीको तर्फबाट गरिएको ध्यानाकर्षणले यो क्षेत्रमा विकृती आउन केहि हदसम्म रोक्ने लोक संगीत प्रेमीले अपेक्षा गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button