गण्डकीमा ३२ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार तनहुँका ९ पुरुष , पर्वतका ३ पुरुष, स्याङ्जाका १ पुरुष र नवलपुरका  १५ पुरुष तथा ४  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ सय ८७ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button