नेपालमा कोरोनाबाट थप एकको मृत्यु, एकैदिन थप ७४० मा कोरोना पुष्टि

पोखरा । नेपालमा  कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौ नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्धको कोरोना भाइरसबाट मृत्यु भएको हो।

छाती दुख्ने  र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका उनको असार १७ गते राति ११ बजे मृत्यु भएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए  ।

यस सँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका  प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा  शुक्रबार ७ सय ४० संक्रमित भेटिएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये ६ हजार १ सय ४३ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ८ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button