जापानमा भीषण बाढी, २ को मृत्यु, दर्जन बढी बेपत्ता

काठमाडौं। दक्षिणी जापानमा भारी वर्षाले भीषण बाढी र पहिरो ल्याउँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।

जापानको दक्षिणी कुमामोतो र कागोसिमी प्रिफेक्चरमा भएको भारी वर्षाले पुरै शहर बाढीग्रस्त हुँदा त्यहाँका ७५ हजार बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ । कुमामोतोको हितोयोसी शहर कुमा नदीको पानी र हिलोले पुरै डुबानमा परेको जनाइएको छ । ती स्थानमा बाढीका कारण कैयौं बासिन्दा उद्धारका लागि घरको छतमा पर्खिरहेको जनाइएको छ ।

त्यस्तै कुमामोतोको सुनागीमाची जिल्लामा हिलोको पहिरोमा पुरिएर दुईको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सी एनएचकेले जनाएको छ । त्यहाँ अन्य १३ जना हराइरहेको पनि जनाइएको छ । एनएचकेका अनुसार बाढीले त्यहाँका ८ हहार बढी घरमा विद्दुत र सञ्चार सेवासमेत अवरुद्ध पारेको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि १० हजार उद्धारकर्मी परिचालित भएको त्यहाँका प्रधानमन्त्री सिन्जो आबेले जनाएका छन् । त्यहाँको जल तथा मौसम विभागले राजधानी टोकियोदेखि १ हजार किलोमिटर दक्षिणमा रहेका कुमामातो क्षेत्रमा असामान्य रुपमा भारी वर्षा हुने पुर्वानुमान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button