“गहिरिएर छानविन गर्दैछौं, छानविनमा शंका नमान्नुस”–एन्फा उपाध्यक्ष खडका

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा कास्की)मा भएको अनियमितता बारे छानविन गरिरहेको एन्फा केन्द्रको छानविन समितीका संयोजक एवम उपाध्यक्ष बच्चु खडका (वीर वहादुर)ले अनियमितताको गहिरिएर छानविन गरेको बताएका छन ।

छानविन टोलीले तिन दिन अघि बाट थालेको छानविनमा ५ वटा विषयमा अध्धयन अगाडी वढेको बताउँदै संयोजक खडकाले भने–“हामी गहिरिएर छानविन गर्दैछौं, यसमा कुनै शंका नमान्न म सबै फुटबल प्रेमीहरुलाई आग्रह गर्दछु ।” पोखरा फुटबलको केन्द्रविन्दु पनि भएकोले यस्तो अवस्था संधै रहिरहनु हुन्न भन्नेमा आफु रहेको उनले बताए । “यहाँ फुटबलको निकै सम्भावना छ, त्यसकारण यो विषय चाँडो टुङ्गयाउने पक्षमा हामी छौं, उनले भने ।

छानविनका लागि एन्फा कास्कीका कोषाध्यक्ष विजया गुरुङ संग समेत सबै जानकारी लिइसकेको बताउँदै माइन्युट उपलव्ध गराउन समेत मागिएको उनले बताए । उनले भने–“हामीले संघको माइन्युट समेत मागेका छौं, त्यसको समेत अध्ययन गर्नेछौं ।” उनले आफ्नो काम सके पछि पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराउने प्रतिवद्धता समेत जनाए ।

आफ्नो काम भनेको अनियमितताको गहिरियर छानविन गर्ने र केन्द्रलाई प्रतिवेदन वुझाउन रहेको बताउँदै कोही कसैको पनि अध्यक्ष पद खोस्न वा निलम्वन गर्न पोखरा नआएको उपाध्यक्ष खडकाले स्पष्ट पारे । उनले भने–“मेरो काम भनेको सत्य तथ्य पत्ता लगाउने र प्रतिवेदन तयार गर्ने हो, यदि छनविन पछि कोही कसैको गल्ति भेटिएमा कार्वाही गर्ने अधिकार केन्द्रिय समितीमा निहित छ ।”

अहिले धेरै पक्ष बाट छानविन बारे चासो वढीरहेको बताउँदै उपाध्यक्ष खडकाले यदि यो विचमा कोही कसैले भेट्न चाहे वा कुरा गर्न चाहे सबैको कुरा सुन्ने समेत उनले बताए । “चाहे त्यो ग्रासरुट ट्रेनिङ (एन्फा एकेडेमी)को होस वा अन्य विषयका कुरा सबैमा हाम्रो ध्यान पुग्नेछ”, उनले थपे–“अहिले केन्द्रले तोकेको ५ वटा विषय प्रमुख हुन, हामी यति बेला मनकामना कप २०७५ को छनविनमा व्यस्त छौं, त्यसको सक्ने वित्तिकै अन्य विषयमा प्रवेश गर्नेछौं ।”

उनले निवर्तमान अध्यक्ष धर्म बहादुर लामिछानेलाई समेत उनको पालामा भएको मनकामना कपको बारेमा सोधपुछ गर्ने भन्ने जानकारी गराएका छौ, उनले सहयोग गर्छु भनेकोले पनि सबै काम सहज ढङ्गबाट अघि बढ्छ भन्ने हामीलाई लागेको छ ।

छनविन समितीका अर्का सदस्य तथा एन्फा कास्कीका सल्लाहाकार समेत रहेका आनन्द रञ्जितले एन्फा कास्की संग माइन्युट मागेका बताए । “हामीले आज शनिवार १ वजे सम्म माइन्युट ल्याउन भनेका थियौं तर ६ बजे ल्याउँछु भनेकोले माइन्युटको पर्खाइमा छौं”, उनले भने । मनकामना कपका सबै विलहरुको एक–एक गरि अध्ययन भइरहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button