पोखरामा दुई मोटरसाइकल एकापसमा जुधे, दुवै मोटरसाइकल जलेर ध्वस्त

पोखरा । पोखरामा दुई मोटरसाइकल एकापसमा जुध्दा आगलागी भएको छ ।

नयाँ बजार स्थित ट्याक्सी व्यवासायी समितको कार्यालय नजिकै दुई वटा मोटरसाइकल एकापसमा जुध्नासाथ आगलागी भएको हो । आगलागीबाट दुवै मोटरसाइकल जलेर ध्वस्त भएका छन् ।

महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आउदै गरेका दुई मोटरसाइकल एकापसमा जुधेर आगलागी भएको प्रत्यक्षदर्शी रविन पौडेलले बताए ।

प्रत्यक्षदर्शीका अनुसार दुबै मोटरसाइकलमा सवार ४ जना  भने दुर्घटना लगत्तै उठेर नजिकैको पेट्रोल पम्प तर्फ दौडिएका थिए ।

दुर्घटनामा  ग१४प ३८६१ र ग१६प ४४४१ नम्बरका मोटरसाइकल चालकसहित २/२ जना गरी ४ जना सामान्य घाइते भएको  जिल्ला प्रहरी कार्यालय  कास्कीका  प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुको  स्थानीय गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button