“मलाई परिषद जान कुनै ऐनले छेक्दैन”–सदस्य सचिब सिलवाल

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले राष्ट्रिय खेलकुद परिषदमा सदस्य सचिबको पद सम्हाल्न कुनै ऐनले नछेक्ने बताएका छन ।

खेलकुद विकास विधेयक २०७७ लागु भएपछि केही दिन अन्योलमा रहेका सदस्य सचिब सिलवालले भोली (आइतबार) बाट कार्यालय सम्हाल्ने बताएका हुन । उनले भने–“न त मलाई वर्खास्त गरिएको छ, न त कुनै सल्लाह नै गरिएको छ, मलाई ४ वर्षका लागि सदस्य सचिब बनाइएको हो, मलाई परिषद जान कुनै ऐनले वर्जित गरेको छैन ।”

दुई–दुई वर्ष लगाएर बनाइएको खेलकुद विकास विधेयकले दुई दिन भित्रै फरक पार्ने गरि निर्णय दिन नसक्ने बताउँदै सदस्य सचिब सिलवालले भने–“एक दुई दिनमा नै फरक पार्ने यो कस्तो ऐन ? दुई–दुई वर्ष लगाएर बनाएको ऐनको व्याख्या कसरी फरक हुन्छ ?” “१० गते प्रमाणीकरण गरेको विधेयक लागु हुने एक साता सम्म वितिसक्दा समेत के हेरेर बसियो, असार मसान्तको वेला परिषद किन भ्याकुम गरियो, मन्त्रीज्यु पनि कस्को चंगुलमा पर्नु भयो मैले वुझ्न सकेको छैन” उनले भने ।

न त पुर्ननयुक्ती न वर्खास्त जसले जस्तो व्याख्या गर्यो त्यसतै व्यख्या हुने कानुन कसले बनाएको ? भन्ने प्रश्न गर्दै सदस्य सचिब सिलवालले भने–“पहिलो गाँसमा ढुृङ्गा लाग्ने कस्तो ऐन, कस्तो विद्वानहरुले बनाएको यो ऐन ?” उनले थपे–“कसको स्वार्थपुर्ती गरिदैंछ मलाई थाहा भएन ।” आफ्नो नियुक्ती चार वर्षका लागि भएको बताउँदै ऐनको गलत व्याख्या गर्न नहुुने उनले बताउँदै भने–“यदि प्रक्रिया अघि वढ्छ र मेरो ठाउँमा कोही आउँछ भने म मुद्धा मामिला गर्नतर्फ म लाग्दिन ।”

आफु पनि कानुनको विद्यार्थी भएकोले र कानुनविद संग यस बारे गहिरो संग अध्ययन पछि नै आफु परिषद फर्कने तयारी गरेको सिलवालले बताए । “म कुनै जागिर खन परिषद फर्कन चाहेको होइन” उनले भने–“म आफै पनि १५०० भन्दा वढीलाई रोजगार दिन्छु ।” यो प्रक्रियालाई छिटो टुङ्गयाउन पर्नु बताउँदै एक साता सम्म सबैलाई ‘कन्फ्युजन’मा राख्ने काम भएको बताउँदै उनले यस बारे संरक्षकज्यु संग सल्लाह गरेर भएपनि परिषदलाई गतिहिन हुन बाट जोगाउन आवश्यक रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button