जिपी फाउण्डेशनबाट प्रेस युनियनलाई प्रेस ज्याकेट

पोखरा । जिपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।

पूर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक स्व.गिरीजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अवसरमा जिपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, जिपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभासद् शारदा पौडेल, कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई प्रेस ज्याकेट हस्तान्तरण गरेका थिए ।

ती प्रेस ज्याकेट प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले सोहि अवसरमा क्रियाशिल पत्रकारलार्ई वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेसले प्रधानमन्त्री पद पाएपनि सरकारमा जान नहुने बताएका छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादका कारण नेकपाको कुनै गुटसँग मिलेर काँग्रेस सरकारकामा सहभागि हुने हो कि भन्ने हल्ला चलिरहेको वेला केन्द्रीय सदस्य पौडेलले अहिले काँग्रेस सरकारमा सहभागि हुनु भनेको विलय हुनु तर्क गरे । ‘अहिले नेपाली काँग्रेसलाई प्रधानमन्त्री पद दिए पनि सरकारमा सहभागि हुनु हुदैन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘नेकपामै दुई तिहाई भएको वेला सरकारमा रहेर केहि काम गर्न सकेको छैन । नेकपाको एउटा गुट समातेर सरकारमा सहभागि हुनु भनेको विलय हुनु जस्तै हो ।’

वर्तमान सरकारले संविधानसँग वाझिने गरी ऐन ल्याउन खोजेर निरकुंशता लाद्न खोजेको बताउँदै यसकालागि काँग्रेसले शसक्त प्रतिकार गर्नुपर्ने उनले उल्लेख गरे ।

‘साढे दुई वर्ष भयो यो सरकार बनेको, आफ्नो स्वार्थ पूर्तिका वाहेक अरु केहि काम गरेको देखिएन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘दुई तिहाइ वहुमतको सरकार छ, काम गर्न कसैले छेकेको छैन । क्षमता नभएको मान्छेले काम गर्न सक्दैन भन्ने अहिले प्रमाणि भएको छ । त्यसैले यो सरकारसँग केहि अपेक्षा गर्न सकिदैन ।’ उनले स्वर्गीय गिरीजाप्रसाद कोइराला नेपाली राजनितिको इतिहास भएको बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले यो महामारीमा अग्रपक्तिमा रहेर रिपोटिङ गर्ने पत्रकारलाई प्रेस ज्याकेट दिएर फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । जिपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभा सदस्य शारदा पौडेलले प्रेस ज्याकेटले लोकतन्त्रवादी पत्रकारको पहिचान झल्काउने बताइन् ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् कास्की काँग्रेसका प्रवक्ता नविन सिग्देलले काँग्रेस सहित प्रेस युनियनको पहिचानका लागि ज्याकेट महत्पूर्ण वन्ने बताए । यसअघि जीपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनिनिय कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री पनि सहयोग गरेको थियो ।

जीपी फाउण्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सहसंयोजक राजेन्द्रनिधि कोइराला, काँग्रेसका महासमिति सदस्य विरेन्द्रनारायण विजुक्छे , फाउण्डेशन कास्कीका सचिव मोतिराज तिमिल्सिना, प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button