भारतका यी मानिस लगाउँछन् सुनको मास्क !

पोखरा । कोरोना महामारीले मानिसको जिन्दगीमा समस्या त ल्याएकै छ तर मानिसमा नौला नौला सौख र प्रयोगको समेत सिर्जना गरेको छ । यसैबीच भारतका एक व्यक्ति सुनको मास्क लगाएर चर्चामा आएका छन् ।

भारतको पुने जिल्लाका शंकर कुराडे नाम गरेका ती व्यक्तिले २ लाख ९० हजार भारु खर्चेर आफ्नोलाई सुनको मास्क तयार गरेका हुन् । मास्क सुनको भए पनि पातलो भएको र ससाना प्वालसमेत भएकाले सास फेर्न कुनै कठिनाई नभएको कुराडेको भनाई छ । मास्कले आफूलाई कोरोनाबाट समेत बचाउने कुराडेले विश्वास लिएका छन् । उनी पहिले देखि नै सुनका गरगहनाको पारखी रहेको जनाइएको छ ।

उनले सुनको मास्क लगाउने उपाय भने सामाजिक सञ्जालबाट पाएका हुन् । भारतकै अर्का एक व्यक्तिले चाँदीको मास्क लगाएको देखेपछि उनलाई पनि सुनको मास्क बनाएर लगाउने विचार फुरेको उनको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button