कोरोना नियन्त्रणमा सफलता हात पर्दै कतार

तिलु शर्मा । मध्यपूर्व राष्ट्र कतारले कोरोना भाइरस नियन्त्रणमा दिनप्रतिदिन सफलता हात पारी रहेको छ । करिब एक लाख जना सङ्क्रमित हुदॉ स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ९० प्रतिशत भन्दा बढी रहेको छ ।

कोरोनाका कारण लकडाउनमा रहेका कतारका पार्क, समुन्द्री बिच, मल लगायतका सार्वजनिक स्थलहरू खुल्ला गरिएको छ। भौतिक दुरी तथा सीमित मात्रामा जम्मा हुन पाइने मापदण्डको पालना अनिवार्य कायम गरिएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ५ सय ३० थपिए सँगै कूल सङ्क्रमितको सङ्ख्या ९९ हजार १ सय ८३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ l

मन्त्रालयका अनुसार एक हजार ८ सय ४ जना निको भएर घर फर्किए सँगै अहिलेसम्म ९० हजार ३ सय ८७ जनाले स्वास्थ्य लाभ गरेका छन् । थप दुई सहित मृत्यु हुनेको सङ्ख्या १ सय २३ पुगेको छ । ८ हजार ६ सय ७३ जनाको क्वारेनटिनमा तथा १० जनाको ICU मा राखी उपचार चलिरहेको छ ।

विश्वकै लागी वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहेको कतारमा कूल तीन लाख ७६ हजार ८ सय  ८१ व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button