६ वर्षीय बालकसहित तनहुँ र बागलुङका थप ३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान गण्डकी प्रदेशका २  जिल्लाका थप ३  जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार तनहुँ जिल्ला व्यास नगरपालिकाका एक ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुष तथा बागलुङ काठेखोला  गाउँपालिकाका २४ वर्षीय पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ३ जनालाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ सय ८७ पुगेको छ ।  गण्डकी प्रदेशमा कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button