पोखरा रंगशाला बाहिर खेलाडीले मनाए गुरु पुर्णिमा

पोखरा । खेलाडीका लागि गुरु पुर्णिमा महत्वपुर्ण दिन हो । खेल क्षेत्रमा आफुलाई प्रशिक्षित गर्ने गुरुलाई आजको दिन विशेष रुपमा खेलाडीले सम्मान व्यक्त गर्ने गर्छन । खेल जगतका लागि गुरु पुर्णिमा विशेष दिन भएपनि पोखरेली खेलाडीहरुले रंगशाला बाहिर नै गुरु पुर्णिमा मनाएका छन ।

गण्डकी प्रदेश सरकारले विदेशबाट आएकाहरुलाई पोखरा रंगशाला राख्न होल्डिङ जोन बनाएपछि खेलाडीले बाध्य भएर रंगशाला बाहिरनै गुरु पुर्णिमा मनाउन परेको दुखेसो पोखे । विदेशबाट आउनेहरुमा कोरोना सक्रमणको जोखिम बढ्ने भएकोले खेलाडी रंगशाला प्रवेश गर्न डराएका हुन । उनीहरुले भने–“हामी संधै प्रशिक्षण गर्न जाने पोखरा रंगशालामा होल्डिङ जोन बनाइयो, जे भयो गलत भयो, हामी आ–आफ्नो तरिकाले नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटेका थियौं, यो खेलजगतका लागि अन्याय भयो ।”

प्रदेश सरकार नवौ राष्ट्रिय खेलकुदका लागि जुट्ने हो अहिलेबाट नै तयारी थाल्नु पर्ने भएकोले पोखरा रंगशालालाई होल्डिङ जोन बनाउन नहुने खेलाडीहरुले जोड दिएका छन । “पोखरामा अरु ठाउँनै नपाए जस्तो गरि रंगशालामा नै किन होल्डिङ जोन बनाइयो, यो उदेक लाग्दोनै छ”, उनीहरुले भनेका छन । खेलाडीहरुले रंगशालाबाट होल्डिङ जोनलाई यथासिघ्र हटाउन माग समेत गरेका छन ।

क्यो कुशिन कान फुलकन्ट्याक्ट कराते संघ कास्कीका खेलाडीले आज पोखरामा केक काटेर गुरु पुर्णिमा मनाएका हुन । पोखरा जिरो किलोमिटर स्थित दुरान रेष्टुरेन्टको हलमा जम्मा भएका खेलाडीले आफ्ना गुरुहरुलाई खादा, माला र मिठाई जस्ता विभिन्न परिकारहरु खुवाएर गुरुलाई सम्मान गर्दै शुभकामना आदान प्रदान गरेका छन ।

गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार गोविन्द नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकासका निवर्तमान कोषाध्यक्ष एवम क्यो कुशिन कराते गण्डकीका मुख्य प्रशिक्षक दिपक गोदार, प्रशिक्षकहरु लक्ष्मण कुवर, निर्मल पाहारी, दान वहादुर क्षेत्री, सुवाश खडका, निर्मल केसी, खेलाडी तथा प्रशिक्षक शुष्मी श्रेष्ठ लगाएत खेलाडीहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रम संघका अध्यक्ष बेल बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button