अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से भिडियोमा पोखराका खेलाडीले जिते ११ स्वर्ण सहित १४ पदक

पोखरा । अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से भिडियोमा पोखराका खेलाडीले ११ स्वर्ण सहित १४ पदक जितेका छन ।

विश्वभर कोभिड १९ को कहर जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको अन्तर्राष्ट्रिय भिडियो पुम्सेमा पोखराका सहभागी १६ जना मध्ये १४ जनाले पदक जितेका हुन । जस मध्ये ११ जनाले स्वर्ण, २ जनाले रजत र १ जनाले काश्य पदक जितेका छन ।

एक साता अघि पठाइएको भिडियोको नतिजा आज प्रकाशित भए अनुसार पोखराकी तेक्वान्दो खेलाडी एवम प्रशिक्षक रेख माया गुरुङले सञ्चालन गरेको एब्सुलुयट् डोजाङ र वर्ल्ड मिशन डोजाङका दिपिशा गुरुङ, सन्ध्या थापा, प्रतिक्षा राना, रिजन गुरुङ, एरिक राना, कृपा गुरुङ, कौशल कुमार, शुक्रराज सुनार, रोहन गुरुङ, शुसिल सुनार, स्वस्तिाका तामाङले स्वर्ण पदक जितेका हुन । उनीहरुले विभिन्न उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन ।

यसै गरि विशाल थापा मगर र साजन गुरुङले रजत र सुजन गुरुङले काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्ये नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।

प्रतिष्पर्धाका लागि प्रति खेलाडी युएस ५ डलर तोकिएकोमा पोखराका खेलाडीका लागि हङकङ स्थित माष्टर चाउ बहादुर गुरुङले सहयोग गरेका थिए भने आइओफटिसीले ३ जना खेलाडीलाई छुट समेत प्रदान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button