आज कतारबाट २ सय ९५ नेपाली स्वदेश फर्किदै

तिलु शर्मा। कतारको दोहाबाट आज दुई वटा विमान नेपाल तथा हिमालयन एयरलाइन्सलेसँगै उडान भरेका छन् । पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले नवौँ तथा हिमालयन एयरलाइन्सले दसौँ सहजीकरण उडान गरेका हुन ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त उडान गरिएको हो ।

नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ महिला तथा १ सय ४४ पुरुष सहित १ सय ४८ जना तथा हिमालयन एयरलाइन्सको H 95632 को उडानबाट १ सय ४७ जना गरी २ सय ९५ जना नेपाल फर्किएको जानकारी दूतावासका दित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् । नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

यो सँगै कतारबाट कुल १ हजार ७ सय ७२ जनाले यात्रा गरेको छन् भने ३४ वटा लास यस अघि पठाई सकिएको छ । अर्को फ्लाइट नेपाल तथा हिमालयन एयरलाइन्सले आगामी मङ्गलवार राती गर्नेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button