बागलुङमा कोरोनाबाट एक युवकको मृत्यु

पोखरा । बागलुङको क्वारेन्टिनमा बसेका एक युवकको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका बाग्लुङ निसिखोला-२ मा २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो । उनी छोरेपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेको जनाइएको छ ।

मृतक मृगौला रोगबाट ग्रसित थिए । उनको शव व्यवस्थापन गर्न सेनालाई जिम्मा दिइएको छ । यस सँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button