ग्यारेजमा आगलागी हुँदा ८ माइक्रो जलेर नष्ट, ५ करोड क्षति

काठमाडौँ। काठमाडौँको गँगबुस्थित एक गाडी ग्यारेजमा आगलागी हुँदा आठ माइक्रोबस जलेर नष्ट भएका छन् ।

आज बिहान ३ बजे काठमाडौँ महानगरपालिका–२६ स्थित मताकाजी श्रेष्ठका जग्गामा टोखा– ३ बस्ने राजेन्द्र अर्यालले भाडामा लिएर सञ्चालन गरेको सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी भएको हो ।

आगलागीबाट झण्डै रु पाँच करोड क्षति भएको छ । आगलागी शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

शुरुमा एउटा माइक्रोमा लागेर सल्किएको र पछि अन्य गाडीसमेत जलेको अनुमान प्रहरीले गरेको छ । गँगबुबाट गएको प्रहरी टोली र स्थानीयवासीले दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button