‘काजल’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पोखरा। नयाँ गीत ‘काजल‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित गीत हो । लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा युवा पुस्तामा लोकप्रिय गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको छ। गीतले पाएका प्रतिक्रियाहरुले यसका सर्जकहरु उत्साहित भएका छन् ।

उक्त गीतमा सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । ए वान म्युजिसियनका किशोर थापाले गीतलाई मिक्स तथा मास्टर गरेका हुन् । गीतको म्युजिक भिडियोले पनि उत्तिकै प्रशंसा पाएको छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल तथा मोडल समिर खनालले अभिनय गरेका छन् । लोमस पौडेलको सहायक निर्देशनको यो भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button