पोखरामा मुआथाई नेपालले मनायो गुरु पुर्णिमा

पोखरा । नेपाल मुआथाई संघले पोखरामा एक भव्य कार्यक्रम गरि गुरु पुर्णिमा मनाएको छ ।

सो अवसरमा मुआथाईका केन्द्रिय कोषाध्यक्ष एवम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले मुआथाई खेल आफ्नो शुरक्षाका लागि मात्रै नभई नेपालको खेल पर्यटनको विकासका लागि समेत महत्वपुर्ण रहेको बताए ।

गुरु पुर्णिमाको अवसरमा उनले सबैलाई शुभकामना दिंदै खेलकुदमा गुरुको महत्व निकै उच्च रहेको बताउँदै जिवनको अनुशासनका लागि पनि मुआथाई खेल सिक्न आवश्यक रहेको बताए ।

नेपाल मुआथाई संघका मुख्य प्रशिक्षक दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता एवम समाजसेवी विष्णु केसी लगाएतले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा पोखराका करिव ५० भन्दा वढी मुआथाई खेलाडीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button