कोरोनाको उपचारमा मलेरिया र एचआईभीको औषधी प्रभावकारी नभएको ठहर

पोखरा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन (मलेरिया) र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ ।

कतारी समाचार संस्था, अल जजीरा, का अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो ।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड–१९ का विरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमुलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ । विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button