दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

पर्वत । गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमका बीच वितरण गरिएको हो । प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गरेका थिए।

मृतक नौ जनालाई रु २७ हजार ३०० को दरले रु दुुई लाख ४५ हजार ७०० हस्तान्तरण गरिएको छ । पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई रु एक लाख नौ हजार २००, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई रु ८१ हजार ९०० र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई रु ५४ हजार ६०० हस्तान्तरण गरिएको हो ।

पहिरो पीडित भुवन गिरीलाई रु ५४ हजार ९७२ र अन्य चार परिवारलाई रु ४० हजार ४०० को दरले राहत वितरण गरिएको हो । पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ । हाल बेलायतमा रहेका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाएका स्थानीय राजन गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button