तालमाथि दुई प्लेन ठोक्किए, ८ को मृत्यु भएको आशंका

पोखरा । अमेरिकी राज्य आइडाहोमा दुई प्लेन ठोक्किएर तालमा खस्दा ८ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

आइडाहोको कोर डि एलिन ताल माथिको आकाशमा दुई जहाज ठोक्किएका थिए । ठोक्किएर दुवै जहाज तालमा खसेको र हालसम्म दुई जनाको शव फेला परेको जनाइएको छ । ती प्लेनमा सवार अन्य ६ जनाको अवस्था अज्ञात रहेको र उनीहरुको मृत्यु भइसकेको आशंका गरिएको छ । मृत्यु हुनेमा बालबालिका पनि रहेको जनाइएको छ ।

सतह भन्दा ८ देखि ९ सय मिटर मात्रै माथि उडिरहेका जहाज तीव्र गतिका कारण ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक तथा जहाजमा सवार भएकाहरुको पहिचान भने खुलिसकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button