म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा, अध्यक्षमा रोका मगर

तिलु शर्मा । विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्र मा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको सङ्घको विश्वका २ दर्जन भन्दा बढी देशमा सक्रिय कार्य समिति रहेका छन् ।

म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै आएको सङ्घले हालै मात्र मध्यपूर्वको देश साईप्रसमा मोनाको नयाँ शाखा बिस्तार गरेको हो । साइप्रसको राजधानी निकाेसियाकाे सिता पार्कमा आयोजित म्याग्देलिको भेलाले लोकराज रोका मगरको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गर्दै मोना साइप्रस गठन गरेको छ।

अध्ययन तथा रोजगारीको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरुको प्रत्यक्ष सहभागीतामा उक्त समिति गठन गरिएको हो । आफ्नो नेतृत्वमा एउटा नयाँ बिरुवा रोपिएको बताउँदै नवनिर्वाचित अध्यक्ष मगरले त्यसलाई मलजल सहित पानी हालेर हुर्काउन साईप्रसमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई अनुरोध गर्दै कर्मभुमिमा समस्यामा परेका म्याग्देली तथा नेपालीहरू र जिल्लाको विकास र दुखमा मल्हम लगाउन आफू सदैव प्रतिबद्ध रहेको बताए । उक्त भेलामा एनआरएनए साईप्रसका महासचिवको विशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button