पोखराका १ सहित थप १७ जनामा कोरोना पुष्टि

पोखरा । पोखराका १ जना सहित थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार सोमबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका १ जना, बाग्लुङका ५ जना र लमजुङमा ११ जना गरि थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा पोखराका ५१ वर्षीया महिला रहेको जनाइएको छ । त्यस्तै लमजुङका संक्रमित सबै ११ जना पुरुष भएको निर्देशनालयले जनाएको छ । बाग्लुङमा ४ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button