५ हजार बढी कोरोना संक्रमित भएका देशमध्ये नेपालमा कोरोनाबाट दोस्रो कम मृत्यु

 पोखरा । विश्वव्यापी महामारी कोरोना भाइरसबाट विश्वभर १ करोड १५ लाख बढी मानिस संक्रमित भइसक्दा करिब ५ लाख ३७ हजार जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेमा अमेरिकाका सर्वाधिक १ लाख ३२ हजार ५ सय ६९ रहेका छन् भने ब्राजिलमा दोस्रो धेरै ६४ हजार ९ सयले ज्यान गुमाइसकेका छन् । बेलायतमा तेस्रो सर्वाधिक अर्थात ४४ हजार २ सय २० को कोरोनाका कारण ज्यान गइसकेको छ । छिमेकी राष्ट्र भारतमा पछिल्ला दिन तीव्र रुपमा संक्रमण फैँलिदा १९ हजार बढीको ज्यान गइसकेको छ भने अर्को छिमेकी चीनमा ४ हजार ६ सयले कोरोनाबाट ज्यान गुमाए ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या १५ हजार नाघिसकेको छ तर मृत्यु भने ३४ जनाको मात्रै भएको छ । पछिल्लो तथ्यांकलाई हेर्दा कम्तिमा ५ हजार संक्रमित भएको देश मध्ये नेपालमा कोरोनाबाट भएको मृत्यु दोस्रो न्यून हो । ८६ देशमा ५ हजार बढी संक्रमित भएकोमा कोरोनाका कारण नेपालमा भन्दा कम मृत्यु भएको देश सिङ्गापुर मात्र हो । सिङ्गापुरमा ४४ हजार ८ सय जनामा कोरोना संक्रमण देखिसक्दा मात्र २६ जनाको मृत्यु भएको छ । सिङ्गापुरको कोरोना नियन्त्रणलाई विश्वमै उदाहरणीय मानिएको छ ।

नेपालसँगै ५ हजार ६ सय संक्रमित देखिएको गिनीमा पनि ३४ जनाकै मृत्यु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button