प्रशिक्षक हुमागाइको ‘स्पेशल डे’, सहारा एकेडमीलाई गरे सहयोग

पोखरा । फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लव पोखरा द्वारा सञ्चालित सहारा एकेडेमीलाई नगद सहयोग गरेका छन ।

एफसीका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुमागाँईले आफ्नाका लागि आजको दिन ‘स्पेशल डे’का रुपमा रहेकोले ११ हजार ७ सय ४८ रुपैयाँ सहयोग गरेका बताएका छन । यो स्पेशल डे के हो भन्ने बारे भन्ने उनले खुलाउन भने चाहेनन । तर आफुले यो दिनलाई एकेडेमीमा आश्रित बालकहरुलाई केही दिएर सम्झिन चाहेको बताए । जुलाई ७ लाई स्पेशल डेका रुपमा मनाउने गरेको उनले बताए ।

कुनै बेला थ्रि स्टार क्लवको प्रशिक्षकको भुमिकामा रहेका हुमागाई यतिवेला अमेरिका स्थित स्ट्रोडवर्ग हाई स्कुलमा र केहीस्टोन एथलेटिक क्लवका मुख्य फुटबल प्रशिक्षकको रुपमा कार्यरत रहेका छन । उनी नेपाल आउँदा एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग संगै प्रशिक्षण समेत दिने गरेका छन ।

आफ्नो स्पेशल डेका दिन एकेडेमीका बालकहरुलाई सम्झिएर अमेरिका देखि सहयोग गरेकोमा सहारा क्लव पोखराका अध्यक्ष केशव वहादुर थापाले हुमागाईलाई आभार प्रकट गरेका छन । यो सहयोग कोभिड १९ले भएको लकडाउनले समस्यामा रहेका बालकहरुका लागि खाद्यान्नका लागि खर्च गरिने एकेडेमीका संयोजक बिश्वराज बरालले बताए ।

सहारा एकेडेमीहाल विभिन्न जिल्लाका २६ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन । क्लवले उनीहलाई फुटबल प्रशिक्षण संगै शिक्षा र भरणपोषण गर्दै आइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button