अनलाइन स्क्र्याबलमा नेपालका अर्नव दोश्रो भए

पोखरा । दुई देशका विच भएको अनलाइन स्क्र्याबलमा नेपालका अर्नव पाण्डे दोश्रो भएका छन ।

अन्तरदेशिय स्क्र्यावल च्याम्पियनशिप अन्तरगत पाकिस्तान र नेपाल विच भएको प्रतियोगितामा नवलपरासी गैडाकोटका अर्नवले १०९८ फरक अंक ल्याउँदै दोश्रो भएको पोखरा स्क्र्यावल क्लवका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिए । ९ वर्षका अर्नव नेपाली टिमका कान्छो खेलाडी समेत हुन ।

पाकिस्तान स्क्र्यावल एशोसियसनले आयोजना गरेको करिव ८ घन्टा लामो अनलाइन च्याम्पियनशिपमा नेपाली टप टेन खेलाडीले पाकिस्तानी खेलाडी संग भिडेका थिए । उक्त प्रतियोगितामा पाकिस्तानका आजलान क्वाजीले १३०१ फरक अंकका साथ पहिलो र पाकिस्तानकै मनाल अशर ८३४ फरक अंकका साथ तेश्रो भएका छन ।

कोभिड १९ का कारण युवा र बालबालिकामा पर्ने नकारात्मक प्रभाव कम गराउन यस्ता अनलाइन स्क्र्यावल प्रतियोगिताहरु आयोजना गर्दै जाने अध्यक्ष पराजुलीले बताए ।

हाल नेपालका ४० जिल्लामा स्क्र्याबल क्लव गठन गरि संयोजक समेत तोकिसकिएको समेत रहेको जानकारी दिंदै अध्यक्ष पराजुलीले नेपालका टप टेन खेलाडी समेत गत असार ६ गते ४० जिल्लाबाट छनोट गरिएको बताए ।

आगामी दिनमा यस्तो प्रतियोगिता नेपाल र मलेसिया विच खेल्ने तयारी भइरहेको खेल सँयोजक पुर्णवहादुर रानाले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button