आज अन्तर्राष्ट्रिय चुम्बन दिवस

पोखरा । आज जुलाई ६ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय चुम्बन दिवस मनाइदै छ ।

सन् २००० तिर देखि मनाउन थालिएको यो किसिङ डे बेलायतबाट शुरु भएको मानिन्छ । किसिङ डे मनाउनुको उद्देश्य मानिसले सामान्य चुम्बनबाट पाउने सौहार्दता बिर्सिएर नकारात्मकता तिर मात्रै लागेको हुँदा चुम्बनको महत्व दर्शाउँदै सकारात्मकता फैलाउन सो दिवस मनाउन थालिएको बताइएको छ ।

चुम्बन प्रेमभाव र सामिप्यताको अभिव्यक्ति पनि हो । पश्चिमा मुलुकहरुमा भेटघाटमा एक अर्कालाई चुम्बनका साथ अभिवादन गर्ने गरिन्छ । भ्यालेन्टिन सप्ताह अन्तर्गत फेब्रुअरी १३ मा पनि किस डे मनाइने गरिको छ ।

तर कोरोना महामारीले यसपटकको किसिङ डेलाई भने प्रभावित पारेको छ । त्यसैले भर्चुअल दुनियाँ मै किसिङ डे मनाउँदै ट्विटरका प्रयोगकर्ताले किसिङ डेलाई ट्रेन्डिङमा समेत ल्याएका छन् । एजेन्सी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button