भारतमा एकैदिन २२ हजार कोरोना संक्रमित थपिए, ४ सय ६७ को मृत्यु

भारत। भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २ सय ५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ ।

भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६ सय ६५ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

विगत २४ घण्टामा भारतमा थप २२ हजार २ सय ५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४ सय ६७ संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार १६० जनाको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्तिका अनुसार मङ्गलबार बिहानसम्म ४ लाख ३९ हजार ९ सय ४८ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।”

मङ्गलबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५९ हजार ५ सय ५७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् ।

भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र २ लाख ११ हजार ९ सय ८७ संक्रमित भएकामा ८७ हजार ६ सय ७७ अझ संक्रमित अवस्थामा नै रहेका छन् । महाराष्ट्रमा १ लाख १५ हजार २ सय ६२ जना निको भएका छन् । त्यसैगरी महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणको कारण ९ हजार २६ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो स्थानमा तमिलनाडु रहेको छ र १ लाख १४ हजार ९ सय ७८ जना संक्रमित रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । एक लाख ८२३ जनामा कोरोना भाइरस संक्रमण रहेको छन ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button