एन्फा उपाध्यक्ष खडकाले गरे सहारा एकेडेमीको निरिक्षण

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष वच्चु खड्का (वीर वहादुर)ले सहारा एकेडेमीको निरिक्षण गरेका छन ।

कास्की एन्फामा भएको अनियमितता बारे छानविन गर्न पोखरा आएका उपाध्यक्ष खडाकाले आज दोविल्ला पुगेर एकेडेमीको निरिक्षण गरेका हुन । निरिक्षणको क्रममा रहेका उनले सहाराका पदाधिकारीको सङ्गको भेटमा अव व्यावसायिक फुटबलतर्फ अगाडी वढ्न सुझाएका छन । उनले भने–“अव सहारा वलियो र पाको संस्थाको रुपमा उभिएको छ, अव व्यावसायिक फुटबल तर्फ अघि वढ्नुस एन्फा सदैव यहाँहरुको साथमा छ ।”

पहिलो पटक सहारा एकेडेमीको निरिक्षण पछि आफु निकै प्रभावित भएको बताउँदै अध्यक्ष खडकाले एन्फामा आफ्ना योजना सहित पेश गर्न आग्रह गर्दै सहारा क्लवले पोखराको फुटबल विकासमा गरेको योगदानको खुलेर प्रशंसा समेत गरे । उनले भने–“यति व्यवस्थित रुपमा एकेडेमी सञ्चालन गर्नु आफैमा निकै चुनौतीपुर्ण छ, सहाराले सञ्चालन गरेको एकेडेमी सबैका लागि उदाहरण समेत हो ।”

विगतमा एन्फाको सहारालाई हेर्ने नजर जे जस्तो भए पनि नेपालको फुटबल विकासका लागि सबै मिलेर बढ्नु बाहेक अर्को विकल्प नरहेको बताउँदै सहारा एकेडेमी सञ्चालनका लागि एन्फा संधै सहयोगी भुमिका निर्वाह गर्ने बताए । एकेडेमी सञ्चालनका लागि योजना सहित अगाडी वढ्न सुझाउँदै उनले भने–“तिन वर्षे वा सात वर्षे योजना लिएर आउनुस मेरो तर्फबाट यहाँहरुलाई सहयोग गर्न तयार रहनेछु ।”

कास्की एन्फामा भएको अनियमितताका वारेमा कुरा गर्दै उपाध्यक्ष खडकाले आफुलाई एन्फा केन्द्रले जे विषयमा खटाएको हो त्यसलाई पुर्णता दिने बताए । “पोखरा फुटबलका लागि उर्वरा भुमी हो यस्ता विषयहरु चाँडो टुँगोमा पुग्नुपर्छ”, उनले थपे–“म यहाँ कसैलाई कार्वाही गर्न वा कसैको पद खोस्न आएको होइन, छानविनमा जे देखिन्छ त्यसको प्रतिवेदन केन्द्रलाई वुझाउने हो कार्वाही गर्ने अधिकार केन्द्रिय समितीमा निहित छ ।” उनले छानविनमा कुनै कमि नहुने प्रतिवद्धता दोर्हाउँदै छानविन पछि आफुले पत्रकार सम्मेलन मार्फत सबैलाई सार्वजनिक गर्ने बताए ।

एन्फा उपाध्यक्ष खडकालाई सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली, पुर्व अध्यक्ष विरभद्र आचार्य, क्लवका उपाध्यक्ष हरिराम गुरुङ (सुरज)ले एकेडेमीमा स्वागत गरेका थिए । खडका सङ्गै गार्डेन क्लव अध्यक्ष तथा फुटसलका केन्द्रिय उपाध्यक्ष विनोद गुरुङ र एन्फा केन्द्रिय प्रतिनिधी दयाराम गौतम समेत एकेडेमी पुगेका थिए ।

सहारा क्लव पोखरा द्वारा सञलित सहारा एकेडेमीमा हाल १४ जिल्ला विपन्न तथा कठिन परिस्थितीका २६ जना बालकहरु रहेका छन । उनिहरुको भरण पोषण सङ्गै शिक्षा र फुटबल प्रशिक्षण क्लवले गर्दै आएको छ ।
तस्विरः सुदर्शन रञ्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button