सरिता गिरीलाई सांसद पदबाट हटाउने निर्णय, पार्टीबाट निष्कासित

पोखरा । समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गर्दै पार्टीबाट निष्कासित गरेसँगै सांसद पदबाट समेत मुक्त हुने भएकी छिन् ।

मंगलबार समाजवादी पार्टीको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । अब संसद सचिवालय र निर्वाचन आयोगलाई जानकारी गराएसँगै उनी सांसद पदमुक्त हुनेछिन् ।

पार्टीको ह्वीप विपरीत गएको भन्दै गिरीलाई कारवाही गर्न सिफारिस भएको थियो । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानमा राख्ने संशोधन विधेयक प्रति असहमति राख्दै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्वीप पनि अस्वीकार गरेकी थिइन् ।

पार्टीको निर्णय प्रति गिरीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button