कास्कीमा आफैले चलाएको ट्र्याक्टरले किच्दा चालकको मृत्यु

पोखरा । कास्कीमा आफैले चलाएको ट्र्याक्टर खसेर किच्दा चालकको मृत्यु भएको छ ।

मङ्गलबार बिहान ८:१५ बजे कास्की माछापुच्छ्रे गाउँपालिका-४ बाटुलेथरमा खेत जोतेर फर्केको ट्र्याक्टर सडकबाट खस्दा च्यापिएर सोही स्थानका ४५ वर्षीय रामचन्द्र अधिकारीको मृत्यु भएको हो । ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडक देखि ५ मिटर तल खसेको थियो ।

ट्याक्टरले च्यापेर घाइते भएका अधिकारीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएकोमा उपचारका क्रममा अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

मृतक अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका जिल्ला कमिटि सदस्य पनि हुन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button