बागलुङ, तनहुँ र म्याग्दीमा कोरोना संक्रमित थपिए, गण्डकीमा संक्रमित १११६

पोखरा । गण्डकी प्रदेशमा  थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार बुधबार बिहान गण्डकी प्रदेशका ३ जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा बाग्लुङका २४ वर्षीया महिला  तनहुँका २९ बर्षीय  पुरुष र म्याग्दीका ३३ बर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ ।  उनीहरुलाई सम्वन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button