अटेर ब्राजिली राष्ट्रपति मै देखियो कोरोना संक्रमण

पोखरा । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बोल्सोनारोले मङ्गलबार प्रेस कन्फरेन्स आयोजना गर्दै आफूमा कोरोना देखिएको पुष्टि गरेका हुन् । सोमबार गरिएको परीक्षणको नतिजा प्रति लक्षित गर्दै बोल्सोनारोले भने, “हामी सबैलाई थाहा थियो कोरोना ढिलो वा चाँडो उल्लेख जनसंख्यामा फैलिने थियो, मलाई पनि कोरोना पोजिटिभ देखियो ।”

कोरोना संक्रमण देखिए पनि बोल्सोनारोले आफ्ना प्रशंसकलाई सबै थोक ठीकै रहेको बताएका थिए । समाचार रिपोर्टहरुमा बोल्सोनारोमा ज्वरो देखिएको बताइएको थियो । मास्क लगाएका बोल्सोनारोले आफ्नो नजिक कसैलाई पनि नआउन समेत सुझाव दिएका थिए ।

बोल्सोनारोले लामो समयसम्म कोरोनालाई सामान्य फ्लू भन्दै नजरअन्दाजको स्वरमा अडान राख्दै आएका थिए । उनले समर्थकको र्याली मास्क नलगाई पुगेर समर्थकलाई अङ्गालो समेत मारेका थिए । देशमा लकडाउन नगराउने तथा त्यहाँका स्थानीय सरकारले सामाजिक दुरी कायम गर्न जारी गरेको नियमको समेत बोल्सोनारोले आलोचना गरेका थिए ।

हाल ब्राजिलमा विश्वमै दोस्रो सर्वाधिक १६ लाख संक्रमित पुष्टि भइसकेका छन् भने ६५ हजार बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button